कुपा गाउँमा फुटबलको फाईनल र मिनी म्याराथुन भोली

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७८

धादिङ कार्तिक २ । धादिङको नीलकण्ठ नगरपलिका १४ स्थित कुपा गाउँमा जारी खुल्ला नक आउट फुटबल प्रतियोगिताको फाईनल र मिनी म्याराथुन प्रतियोगिता भोली (कार्तिक ३ गते) हुने भएको छ ।

भोली फुटबलको फाईनलमा जन अवाज युवा क्लब माने धुवाकोट र भङेरी युवा क्लब धुवाकोट धादिङ बीच प्रतिस्पर्धा हुने भएको छ आज भएको सेमीफाईनलमा सेमी फाईलन जन आवाज युवा क्लवको २ गोलका विरुद्ध समाजसेवी युवा क्लवले १ गोल मात्रै गरेको थियो भने अर्को खेलमा भङेरीयुवा क्लवले ५ गोल र बिद्यार्थी उपकार संघ पात्लेले ४ गोल गरेको थियो । भोली बिहान हुने मिनी म्याराथुन प्रतियोगितामा ५८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

फुटबलमा नुवाकोट र धादिङका ३६ वटा क्लवहरुले सहभागिता जनाएका थिए भने ५८ जना सहभागि हुने मिनी म्याराथन प्रतियोगिता कुपा-पर्मचेत-सामरी र पुनः सामरी-पर्मचेत-कुपा आएर समापन गरिने आयोजक कुपा युवा समाजका अरुण गुरुङले बताए ।