धादिङमा कुपा कप फुटबल र म्याराथन असोज १८ बाट हुने

Avatar photo
Dhadingpost
सोमवार, भदौ २७, २०७९

धादिङ । गत वर्षहरुमा जस्तै नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले विजय दशमीको पावन अवसर असोज १८ गते देखि २३ गते सम्म फुटबल प्रतियोगिता र मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ ।

दोस्रो कुपा नाम दिईएको उक्त खुल्ला नकआउट फुटबल प्रतियोगिता र म्याराथन प्रतियोगितामा भाग लिन असोज १० देखि १६ गते सम्म टिम दर्ता गर्न आयोजक कुपा युवा समाजले सूचना जारी गरेको छ ।

कुपा खेल मैदानमा हुने उक्त फुटबल प्रतियोगिताको विजयी टिमले ३३ हजार ३३३, उप विजेताले १५ हजार ५१५ प्रदान गरिने जनाईएको छ ।

म्याराथलको रुट कुपा खेल मैदानबाट सुरुभई देउराली डाँडा, गन डाँडा, पात्ले, काउलेबाट फर्कि सोही हुँदै कुपा मैदान सम्म हुने छ । यस प्रतियोगिता असोज २३ गते विहान हुने र विजेताले १५ हजार र उप विजेताले ८ हजार प्राप्त गनेृ आयोजकले जनाएको छ ।

यस्तो भएको थियो पहिलो कुपा फुटबल र म्याराथुन प्रतियोगिता

नीलकण्ठ नगरपलिका १४ स्थित कुपा गाउँमा नुवाकोट र धादिङका ३६ टिमले भाग लिएको खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता र ५८ जनाले भाग लिएको मिनी म्याराथुन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट विजेता र जन आवाज युवा क्लब माने उप विजेता बन्न सफल भए यी दुई टिमले क्रमस क्रमश २० हजार, १० हजार नदगका साथै ट्रफी, प्रमाण पत्र र मेडल जिते ।

यस्तै कुपा-पर्मचेत-सामरी र पुनः सामरी-पर्मचेत-कुपा आएर सकिएको मिनी म्याथुन प्रतियोगितामा ३० वर्ष मुनि तर्फ १९ जना भाग लिएका थिए जसमा खनियाबास गाउपालिका– झार्लाङका श्रीलाल तामाङ प्रथम, नीलकण्ठ नगरपालिका–१४ धुवाकोटका धन बहादुर तामाङ द्धितीय, सोहि स्थानका चेत नारायण श्रेष्ठ तृतीय बन्न सफल हुँदै क्रमस १० हजार, ३ हजार, १ हजार र मेडल प्रमाण पत्र प्राप्त गरे यस्तै ३० वर्ष भन्दा माथि उमेर समुह तर्फ १३ जनाले भाग लिएका थिए यो समुहमा सिंह बहादुर तामाङ प्रथम, खेम राज वस्ती द्धितीय, र धनबहादु गुरुङ तृतीय भए उनीहरुले क्रमस नगद ५ हजार मेडल प्रमाण पत्र, द्धितिय हुनेलाई २ हजार मेडल प्रमाण पत्र र सान्तोना हुनेलाई १ हजार मेडल प्रमाण पत्र प्राप्त गरे ।

यस अघिका समाचारहरु
कुपा गाउँमा फुटबलको फाईनल र मिनी म्याराथुन भोली
धादिङको कुपा गाउँमा फुटबल जारी, म्याराथुन ३ गते हुने, (आर्थिक सहयोगीको नाम समेत)
धादिङको कुपा गाउँमा फुटबल सुरु, ३६ टिम सहभागि

“राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद” भनने मूल नाराका साथ नुवाकोट र धादिङको सिमाक्षेत्रमा रहेको यस रमणिय कुपा गाउँमा आयोजित यी दुई प्रतियोगिताको समापन समारोह कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।