धादिङको कुपा गाउँमा फुटबल सुरु, ३६ टिम सहभागि

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २९, २०७८

धादिङ असोज २९ । धादिङको नीलकण्ठ नगरपलिका १४ स्थित कुपा गाउँमा खुल्ला नक आउट फुटबल प्रतियोगिता सुरुभएको छ । नुवाकोट र धादिङको सिमाक्षेत्रमा रहेको यस रमणिय गाउँमा आयोजित फुटबल प्रतियोगितामा ३६ टिमले भाग लिएको आयोजक कुपा युवा समाजका अरुण गुरुङले धादिङपोष्टलाई बताए ।

हामीले थोरै पुरस्कार दिएर थोरै टिम सहभागी फुटबल गेम गर्ने, परम्परागत रोगटे पिङ उद्घाटन गर्ने, मिनी दौड प्रतियोगिता गर्ने तयारी गरेका थियौं । तर फुटबलमा नुवाकोट र धादिङ गरि ३६ टिमले भाग लिएका छन् । पुरस्कार ११–१५ हजार दिएर यो गेम सकाउने सुरमा थियौं टिम नै ३६ भयो अरुण बताउँछन् ।

क्लवले कार्तिक ३ गते प्रथम बृहत मिनी म्याराथन प्रतियोगिताको समेत आयोजना गरेको छ । प्रतियोगिता कुपा-पर्मचेत-सामरी र पुनः सामरी-पर्मचेत-कुपा आएर समापन हुने आयोजकले जनाएको छ । प्रतियोगिता ३० वर्ष भन्दा माथिएको एक समुह र ३० वर्ष भन्दा कम उमेर समुहको अर्को समुह बनाएर गराईने बताईएको छ ।

क्त प्रतियोगितामा ३० वर्ष भन्दा कम उमेर समुह तर्फ प्रथम हुनेलाई नगद १० हजार, मेडल प्रमाण पत्र, द्धितिय हुनेलाई ३ हजार मेडल प्रमाण पत्र र सान्तोना हुनेलाई १ हजार मेडल प्रमाण पत्र प्रदान गरिने छ भने ३० वर्ष भन्दा माथि उमेर समुह तर्फ प्रथम हुनेलाई नगद ५ हजार मेडल प्रमाण पत्र, द्धितिय हुनेलाई २ हजार मेडल प्रमाण पत्र र सान्तोना हुनेलाई १ हजार मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।