कुपा कप फुटबल आज देखि ४० टिम सहभागि (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १८, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले गत वर्षमा जस्तै विजय दशमीको पावन अवसर आजबाट फुटबल प्रतियोगिता सुरुगर्ने भएको छ । दोस्रो कुपा नाम दिईएको उक्त खुल्ला नकआउट फुटबल प्रतियोगितामा ४० टिमले भाग लिएका छन् भने प्रतियोगिता असोज २३ गते सकिने छ । प्रतियोगिताको विजयी टिमले ३३ हजार ३३३ र उप विजेताले १५ हजार ५१५ प्रदान पाउने छन् ।

आजको खेल तालिका
पहिलो खेल:
कुपा युवा समाज”A”vs भगेरी क्लव (गुठ)
(बिहान ८:०० बजे)
दोस्रो खेल:
मिलमीलाप क्लव (घोर्मो)vs नागीनथान क्लब”A”
(बिहान ९:०० बजे)
तेस्रो खेल
S.B.A पात्ले vs तिकादुङ club
(बिहान १०:०० बजे)
चौथो खेल
नागिनथान क्लब”B”vs J.Y.C माने “A”
(बिहान ११:०० बजे)
पाँचौ खेल
खरबारी युवा क्लब”A”vs सल्लाघरी युवा क्लब
(दिउँसो १२:०० बजे)
छैटौं खेल
छोईलिङ्ग क्लब”B” ( सेल्ले) vs अन्नपूर्ण क्लब “B”धुसेनी
(दिउँसो१:०० बजे)
सातौं खेल
बिहानी क्लब (रीमाल्डी)vs समाजसेवी क्लब”B” रातमाटे
(दिउँसो २ :०० बजे)

स्तो भएको थियो पहिलो कुपा फुटबल र म्याराथुन प्रतियोगिता
नीलकण्ठ नगरपलिका १४ स्थित कुपा गाउँमा नुवाकोट र धादिङका ३६ टिमले भाग लिएको खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता र ५८ जनाले भाग लिएको मिनी म्याराथुन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट विजेता र जन आवाज युवा क्लब माने उप विजेता बन्न सफल भए यी दुई टिमले क्रमस क्रमश २० हजार, १० हजार नदगका साथै ट्रफी, प्रमाण पत्र र मेडल जिते ।