
धादिङ । रोटरी क्लब अफ धादिङको सन् २०२५–२६ को कार्यकालका लागि डा. राम रिजाल अध्यक्षमा चयन भएका छन् । रोटरीको हरेक जुन १ मा नेतृत्व परिवर्तन हुने गर्दछ ।
रोटरी क्लब अफ धादिङले धादिङ जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । स्वास्थ्य शिक्षा सँगै विशेष गरी महिला शिक्षा, पानी, सरसफाइ, गरिब तथा असाह्य भएका व्यक्तिहरुलाई सहायता, तथा पुरानो सांस्कृतिक सम्पदाको संरक्षणमा सेवा गर्दै आईरहेको छ।
नयाँ कार्य समिति (Rota Year 2025-26)
- अध्यक्ष : डा. राम रिजाल
- अध्यक्ष इलेक्ट: ईश्वर कँडेल
- अध्यक्ष नोमिनी: विष्णु कुमार श्रेष्ठ
- निर्वमान अध्यक्ष: सुदीप रसाइली
- संस्थापक अध्यक्ष: ध्रुर्व बहादुर थापा
- उपाध्यक्ष: सरस्वती थापा
- सचिव: प्रकाश भण्डारी
- कोषाध्यक्ष: रेश्मा श्रेष्ठ
- संयुक्त सचिव: झरन श्रेष्ठ
- संयुक्त कोषाध्यक्ष: बिनु सिम्खडा
- क्लब प्रशासन निर्देशक (Director Club Administration): अशोक कुमार बस्नेत
- पब्लिक इमेज चेयर (Public Image Chair): भीम बहादुर श्रेष्ठ
- सदस्यता प्रमुख (Membership Chair): नविन कुमार श्रेष्ठ
- सेवा प्रमुख (Service Chair): कृष्णलाल उप्रेती
- TRF चेयर: रोहित भण्डारी
- युवा प्रमुख (Youth Chair): शिव श्रेष्ठ
- सर्जेन्ट एट आर्म्स (Sgt-at-Arms): अनिल के.सी.
सुदिप रसाईलीको कार्यकालमा भएको मुख्य मुख्य काम
- रोटरी धादिङद्वारा छात्रवासमा खाद्य सामाग्री सहयोग
- आमाको छात्राबासमा पुन: खाद्यान्न सहयोग
- रोटरियनको धादिङबेसीमा ‘इन्ड पोलियो नाओ’ र्याली
- रोटरी क्लव अफ धादिङद्वारा सम्मान
- राेटरी धादिङद्वारा विद्यार्थीलाई न्यानाे कपडा प्रदान
- राेटरी चाैताराे समुदायलाई हस्तान्तरण
- आमाको छात्रावासमा फेरि सहयोग
पूर्व अध्यक्षहरुको सूची
- २०२४-२५ को अध्यक्षमा सुदिप रसाईली
- ०२३-२४ को अध्यक्षमा नविन कुमार श्रेष्ठ चयन
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)
