रोटरी क्लब अफ धादिङको अध्यक्षमा सुदिप रसाईली

Avatar photo
नारायण सिलवाल
शुक्रबार, साउन ४, २०८१

धादिङ । रोटरी क्लब अफ धादिङको सन् २०२४–२५ को कार्यकालका लागि सुदिप रसाईली अध्यक्षमा चयन भएका छन् ।पदभार ग्रहण कार्यक्रम साउन ६ गते हुने पूर्व अध्यक्ष भिमबहादुर श्रेष्ठले बताए ।

नव गठित कार्यसमतिको ईमिडेट प्रेसिडण्टमा नविन कुमार श्रेष्ठ, प्रेसिडण्ट ईलेक्टमा डा.रामचन्द्र रिजाल, नोमिनी प्रेसिडण्टमा इश्वर कडेल, भ्वाईसप्रेसिडण्टमा विष्णु कुमार श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा शिवराम श्रेष्ठ, कोषाध्यक्षमा सरस्वती थापा, सहसचिवमा झरना श्रेष्ठ, सह कोषध्यक्षमा विष्णु सिंखडा, चयन भएका छन् ।

त्यसैगरी क्लव प्रशाशन चेयरमा शालिकराम दुवाडी, पब्लिक रिलेसन चेयरमा भिमबहादुर श्रेष्ठ, मेम्बरसिप चेयरमा कृष्णलाल उप्रेती, कम्युनिटि प्रोजेक्ट चेयरमा प्रकाश भण्डारी, रोटरी फाउण्डेसन चेयरमा रोहित भण्डारी र Sgt-At-Arms मा अनिलकुमार केसी चयन भएका छन् ।

पूर्व अध्यक्षहरुको सूची