रोटरी क्लव अफ धादिङको अध्यक्षमा कृष्णलाल उप्रेती चयन

Avatar photo
Dhadingpost
शनिबार, साउन १०, २०७७

धादिङ साउन १० । रोटरी क्लव अफ धादिङको २०२०-२१ को अध्यक्षमा रोटरियन कृष्णलाल उप्रेती चयन भएका छन् ।

धादिङबेसीमा शनिबार सम्पन्न पाँचौं वार्षिक अधिवेशनबाट २०२०-२१ का लागि स्वास्थ्यकर्मी समेत रहेका उप्रेती अध्यक्षमा चयन भएका हुन् ।

३० जना भन्दा बढी सक्रिय सदस्य रहेको रोटरी क्लव अफ धादिङको अध्यक्षमा चयन भए सँगै अध्यक्ष उप्रेतीले ‘मानविय सहयोग र विकास निमार्णमा रोटरी क्लव धादिङ’ भन्ने भावनाकालाई उच्च राख्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष अशोक बस्नेतले “स्वार्थ भन्दा माथि सेवा” हाम्रो मुल मन्त्र भरपुर प्रयोग गर्ने कोसिस गर्यौ, दुई वटा विद्यालय भवनका लागि १५/१५ लाख प्रदान गरियो, खानेपानी, स्वाथ्य र शिक्षाको क्षेत्रमा समेत आफ्नो कार्यकालमा काम भयो । कोभिड १९ को महामारिमा समेत रोटरीले रोकथाम र उपचारमा मानविय भुमिका निभाएको बताएका थिए ।

पाँचौं अधिबेशन धादिङबेसी सितलबजार स्थित क्रिक रेसोर्टमा भएको थियो ।