धादिङबेसी असार २२ । मानविय सेवाभावले स्थापना गरिएको रोटरी क्लव अफ धादिङको अध्यक्षमा अशोक कुमार बस्नेत चयन भएका छन् ।
धादिङबेसीमा शनिबार सम्पन्न चौंथो वार्षिक अधिवेशनबाट २०१९-२० का लागि वस्नेत अध्यक्षमा चयन भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् रोटरीकाे रिजन-२ तथा जाेन-५ काे असिस्टेन्ट गभर्नर उत्तम खड्काले अध्यक्ष वस्नेतलाई एकवर्षे कार्यकालका लागि सपथ खुवाएका थिए ।
२४ जना सक्रिय सदस्य रहेको रोटरी क्लव धादिङको अध्यक्षमा चयन भए सँगै अध्यक्ष बस्नेतले ‘मानविय सहयोग र विकास निमार्णमा रोटरी क्लव धादिङ’ भन्ने भावनाकालाई उच्च राख्ने बताएका थिए ।
०१८-१९ का अध्यक्ष गोविन्द बुढाथोकीको कार्यकालमा धेरै महत्वपूर्ण मानवियताका कामहरु भएकोले आफ्नो कार्यकाललाई केहि चुनौती रहेता पनि थप योजना सहित रोटरी क्लव अगाडी बढ्ने बताएका थिए ।
आफ्नो कार्यकालको समिक्षा गर्दै निवर्तमान अध्यक्ष गोविन्द बुढाथोकीले भने “स्वार्थ भन्दा माथि सेवा” हाम्रो मुल मन्त्र भरपुर प्रयोग गर्ने कोसिस गर्यौ दुई वटा विद्यालय भवनका लागि १५-१५ लाख प्रदान गरियो, खानेपानी, स्वाथ्य र शिक्षाका लागि थप सम्झौताको चरणमा छन् । जिल्लाका दर्जन भन्दा बढी सरकारी तथा गैर सरकारी संस्थाहरु सँग मिले मानविय सेवाका क्षेत्रमा काम गर्न सफल भयौं ।
आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्ने रोटरिएनहरुलाई विशेष धन्यावाद दिदै बुढाथोकीले आफ्नो प्रेसिडेन्ट पद बस्नेतलाई हस्तान्तरण गरेका थिए । चौथो वर्ष सम्म आई पुग्दा धुब्र्रबहादुर थापा, हरि लम्साल र गोविन्द बुढाथोकीले अध्यक्षको कार्यकाल सफलता पुर्वक सम्पन्न गरि सकेका छन् ।
साथै ०१८-१९ को लागि सचिव मा पुनः रोहित भण्डारी र कोषाध्यक्षमा संजय अधिकारी चयन भए ।
बस्नेत पछि आउने कार्यकालका लागि अध्यक्षमा कृष्णलाल उप्रेती तथा त्यस पछिको कार्यकालका लागि चक्रबहादुर भण्डारी चयन भएका छन् ।