
धादिङ असार १७ । रोटरी क्लव अफ धादिङको २०२१-२२ को अध्यक्षमा रोटरियन भिम बहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
केहि दिन अघि मात्रै, यो कोरोनाको दोस्रो भेरियण्टमा भेन्टिलेटर सहित ६५ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री जिल्ला अस्पताललाई सहयोग गरेको यस रोटरी क्लव अफ धादिङको हरेक जुलाई १ मा नयाँ अध्यक्ष बन्ने नियमानुसार २०२१-२२ को अध्यक्षमा रोटरियन श्रेष्ठ अध्यक्ष बन्नु भएको हो ।
३० जना भन्दा बढी सक्रिय सदस्य यस रोटरी क्लव अफ धादिङको अध्यक्षमा चयन भए सँगै धादिङपोष्ट सँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले यो रोटरीको नियमित प्रक्रिया हो । आगामी अध्यक्षको बन्छ भन्ने कुरा एक वर्ष अघि नै थाहा हुन्छ । जो अध्यक्ष भएपनि हाम्रो टिम स्पिड महत्वपूर्ण कुरा हो । ‘मानविय सहयोग र विकास निमार्णमा रोटरी क्लव धादिङ’ भन्ने भावनाकालाई आफ्नो कार्यकाललाई उच्च राख्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
आजबाट म अध्यक्ष भए पनि पद हस्तान्तरण र वार्षिक कार्यप्रगतिको समिक्षा एवम् भावि कार्ययोजना तय भने असार मसान्त सम्ममा हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
रोटरी क्लव अफ धादिङको मुख्य गतिविधि
- धादिङ अस्पताललाई ६५ लाखको स्वास्थ्य उपकरणहरु सहयोग
- धादिङद्वारा विद्यार्थीलाई स्वास्थ्य सामाग्री सहयोग
- धादिङ अस्पताललाई पीपीई र मास्क प्रदान
- धादिङद्वारा स्वास्थ्यकर्मीलाई पीपीई प्रदान
- रोटरीको आयोजनामा धादिङ कारागारका ११७ जना बन्दीद्वारा रक्तदान
- जनजागृती माध्यामिक विद्यालयको भवन निमार्ण
- विद्यालय भवन बनाउन १२ लाखको चेक हस्तान्तरण
- रोटरी क्लब अफ धादिङको आयोजनामा अन्तराष्ट्रिय पोलियो दिवस