रोटरी क्लव अफ धादिङद्वारा पीपीई र मास्क प्रदान

Avatar photo
Dhadingpost
बिहिबार, असार ४, २०७७

धादिङ असार ४ । रोटरी क्लव अफ धादिङले धादिङ अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको छ ।

रोटरीले बिहिबार प्रदान गरेको उक्त सामाग्रीमा पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) र सर्जिकल मास्क छन् ।

अस्पतालमा कोरोना भाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ५ थान पिपिई र २५० थान सर्जिकल मार्स हस्तान्तरण गरिएको रोटरी क्लव अफ धादिङका उपाध्यक्ष भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

रोटरी क्लव अफ धादिङका बर्ष २०-२१को नोमिनी अध्यक्ष भिम बहादुर श्रेष्ठ र सर्जेट एट आर्मस नवीन श्रेष्ठले जिल्ला अस्पतालका प्रमुख त्रिभुवन चौधरी झालाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ धादिङका संस्थापक अध्यक्ष धुव्र बहादुर थापा, वर्ष १९-२०को अध्यक्ष अशोक कुमार बस्नेत, वर्ष २०-२१को अध्यक्ष कृष्णलाल उप्रेती र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगाएतको सभागिता रहेको थियो । (धादिङपोष्टका लागि तस्वीर सौजन्य भिम श्रेष्ठ)