धादिङ, बैशाख १९ । रोटरी क्लव अफ धादिङले भवन निर्माणको लागि सहयोग गरेको जनजागृती माध्यामिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।
“स्वार्थ भन्दा माथि सेवा” भन्ने मुल आर्दश वोकेको रोटरी क्लव र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा बनेको जनजागृतीको भवन एक विशेष कार्यक्रको बीच साँसद भूमीप्रसाद त्रिपाठीले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै त्रिपाठीले विद्यालयमा यसै वर्षदेखि प्राविधिक विषय अध्यापन गर्न हरतरहबाट सहयोग गर्ने र उक्त भवनलाई शैक्षिक हवको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भवनका निमार्णको लागि शिक्षा विकास तथा समन्वय एकाई धादिङबाट ३६ लाख र रोटरी क्लब अफ धादिङबाट १६ लाख ५० हजार बाँकी रकम थाँक्रे गाउँपालिकाले सहयोग गरेको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतिले २०५७ सालमा शुरु गरिएको यस विद्यालय छोटो समयमा नै शैक्षिक गतिविधि र स्थायित्वमा गति लिई स्थापित भएकोमा गौरवान्वित हुँदै आगामी दिनमा समेत सम्बन्धित सबैलाई सहयोग पुर्याउनुहुन गरेका थिए ।
विद्यालयका प्र.अ. लावण्य फुँयालले भवन निमार्याण सँगै प्राविधिक धारका विषयहरु पढाइ संचालन गर्न बाटो खुलेको बताउँदै, कक्षा नौ देखि नै सिभिल इन्जिनियरको विषय सञ्चालन हुने बताएका थिए । उनले सहयोगिहरु शिक्षा विकास तथा समन्वय इकाई र रोटरी क्लब अफ धादिङलाई हार्दिक आभार तथा कृतज्ञाता ब्यक्त गर्दै थप सहयोगको अपेक्षा समेत राखेका थिए ।
विद्यालयका अध्यक्ष र प्रअले भवन निमार्णका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै रोटरी क्लव अफ धादिङको संस्थापक अध्यक्ष ध्रुवबहादुर थापा र सांसद भूमी त्रिपाठीलाई सम्मान समेत गरेका थिए ।
विव्यस अध्यक्ष गोकर्ण रुपाखेतीको सभापतित्वमा संचालन भएको भवन उद्घाटन कार्यक्रममा भूमीप्रसाद त्रिपाठी, प्रमुख आतिथ्यता रहेको थियो भने नेत्रराज पौडेल, जिसस सदस्य उर्मीला रेग्मी, ध्रुववहादुर थापा, वडाध्यक्षहरु, नेकपा नेता ध्रुव सुवेदी, सुरेश आचार्य लगायतको आतिथ्यता रहेका थियो । (धादिङपोष्टको लागि तस्विर सौजन्य गोविन्द बुढाथोकी)
यस अघिको समाचार
राेटरी क्लव अफ धादिङद्वारा १२ लाखकाे चेक हस्तान्तरण