धादिङ फागुन ३ । रोटरी क्लब अफ धादिङ धादिङले
धादिङका दुई विद्यालयलाई भवन निर्माणका लागि पहिलाे किस्ता वापतकाेे ६-६ लाख रुपैंयाँ हस्तान्तरण गरेकाे छ ।
नीलकण्ठ नगरपालिका स्थित इजारा आधारभुत विद्यालय र थाँक्रे गाउँपालिका वडा न ६ काे जनजागृृृति माध्यमिक विद्यालयको भवन निर्माणकाे लागि राेटरी क्लब अफ धादिङका अध्यक्ष गाेविन्द बुढाथोकीले पहिलाे किस्ता ६-६ लाखकाे चेक शुक्रबार हस्तान्तरण गरेका हुन् ।
रोटरी क्लब धादिङको नियमित बोर्ड बैठकमा उपस्थित राेटरियनहरुकाे बीचमा हस्तान्तरण गरिएकाे उक्त चेक इजारा आविका प्रअ अम्बिका अधिकारी विव्यस अध्यक्ष इन्द्र कुमार श्रेष्ठ र जनजागृति माविका विव्यस अध्यक्ष गाेकर्ण रुपाखेति र प्रअ लावण्य फुँयालले बुझेका थिए ।
चेक बुझ्दै जनजागृतिका विव्यअ गाेकर्ण रुपाखेतिले राेटरीले विद्यालयलाई सहयाेग गरेकामा धन्यवाद दिदै याे मेराे वा हाम्राे मात्र विद्यालय भएन अब राेटरीकाे पनि विद्यालय भयाे भन्दै राेटरी क्लव अफ धादिङकाे प्रशंषा गरेका थिए ।
राेटरी क्लब अफ धादिङका गोविन्द बुढाथोकीले विद्यालय भवन निर्माणका लागि रकम उपलब्ध गराउन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट 3292 को ERRRP संयोजक पिडिजी तिर्थमान शाक्य सचिव राजेन्द्र शाक्य र कोषाध्यक्ष कुमुद त्रिपाठीले महत्वपूर्ण भुमिका खेलेकाे बताएका थिए ।
रोटरी क्लब अफ धादिङले धादिङ जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न सहयोग गर्दै आईरहेको छ ।