धादिङका खेलाडीबीच ई-फुटबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
अशोज २२, २०८३

धादिङ । धादिङ ईफुटबल कम्युनिटीको आयोजनामा धादिङका खेलाडीलाई लक्षित गर्दै ई-फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा धादिङका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन ३ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।

ई-फुटबल खेलमा रुचि राख्ने धादिङका खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आह्वान गरेको छ । प्रतियोगिताको उद्देश्य धादिङका ई-फुटबल खेलाडीलाई एउटै प्लेटफर्ममा जोड्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु रहेको आयोजकको भनाइ छ ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा सहभागिताका लागि सरोज अर्याल र सुवर्ण श्रेष्ठसँग सम्पर्क गर्न सकिनेछ । आयोजकले प्रतियोगितामा निष्पक्ष खेल, उत्कृष्ट प्रदर्शन र धादिङको प्रतिनिधित्वलाई प्राथमिकता दिएको जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बर ९७६१६०५२६५ मा सम्पर्क गर्न सक्नेछन् ।