
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपा धुवाकोटमा आयोजना हुने छैटौँ कुपा कप तथा मिनी म्याराथन दौड प्रतियोगिता २०८३ को तयारी तीव्र पारिएको छ । असोज ३० गतेदेखि सुरु हुने प्रतियोगिता सफल बनाउन देश तथा विदेशमा रहेका सहयोगदाताहरूले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको आयोजकले जनाएको छ।
कुपा युवा समाजको आयोजनामा कुपा खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सात ए साइड खुला नकआउट फुटबलसँगै मिनी म्याराथन दौड पनि आयोजना हुनेछ । प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, खेलप्रेमी तथा विदेशमा रहेका कुपावासीले सहयोग गरिरहेका छन् ।
यस वर्षको प्रतियोगिताबाट सङ्कलन हुने रकमको केही हिस्सा हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न खर्च गरिने आयोजकले जनाएको छ । खेलकुदको विकाससँगै विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कुपा कपका लागि सहयोगदाताहरूको नाम र रकम
प्रतियोगिताका लागि हालसम्म सहयोग उपलब्ध गराउनेहरूको विवरण आयोजकबाट प्राप्त भएअनुसार यसप्रकार छ।
१. अनिल गुरुङ — रु. ८,००० (कुपा)
२. आकाश गुरुङ — रु. ८,००० (कुपा)
३. मनिष सुवेदी — रु. ३,३३३ (दोलखा, हाल भारत)
४. विशाल तामाङ — रु. ३,३३३ (नुवाकोट, हाल भारत)
५. बोधप्रसाद नेपाल (बासु) — रु. ४,१०० (धुवाकोट)
६. रामबहादुर तामाङ — रु. १२,००० (कुपा)
७. वीरबहादुर गुरुङ — रु. ३,३३३ (नीलकण्ठ–सिम्ले)
८. रामबहादुर तामाङ — रु. ४,४४४ (नुवाकोट)
९. धनबहादुर गुरुङ ‘चौतारी माइला’का सुपुत्रहरू नीलकण्ठ नगरपालिका–१४ का वडा सदस्य भीमबहादुर गुरुङ, राम–लक्ष्मण र नेपाली सेनामा कार्यरत लोकबहादुर गुरुङको परिवार — रु. २५,००० (कुपा)
१०. सरिता पाख्रिन तामाङ — रु. १०,५०० (पात्ले)
११. बुद्धिबहादुर गुरुङ — रु. ५,००० (कुपा, हाल भारत)
१२. सुमित्रा तामाङ — रु. ८,००० (नुवाकोट)
१३. सुकदेव तामाङ — रु. ८,००० (नुवाकोट)
१४. विशाल घलान — रु. ५,००० (नुवाकोट)
१५. बिना वाइबा — रु. ५,०५२ (नुवाकोट)
१६. रोमन तामाङ — रु. ५,००० (नीलकण्ठ–१४)
१७. विजय गुरुङ — रु. ५,००० (कुपा, हाल अस्ट्रेलिया)
१८. अरुण गुरुङ — रु. १५,००० (कुपा, हाल मकाउ)
१९. रिता तामाङ — रु. ५,५५५ (बारा)
२०. उमेश तामाङ — रु. ५,००० (नेत्रावती, हाल रोमानिया)
२१. किसोन गुरुङ — रु. ५,००० (नीलकण्ठ नगरपालिका–१४, हाल भारत)
२२. उमेश क्षत्री — रु. १०,००० (नीलकण्ठ नगरपालिका–१४)
२३. अमृत तामाङ, अमर तामाङ, अनिस तामाङ र अनुराग तामाङ — रु. १०,००० (नीलकण्ठ नगरपालिका–१४)
२४. अमिश तामाङ — रु. ३,५३५ (त्रिपुरासुन्दरी)
२५. सन्जिता ढुङ्गाना — रु. ५,००० (नीलकण्ठ नगरपालिका–१४)
२६. आभाष तामाङ — रु. ३,३३३ (नुवाकोट)
२७. रबिना गुरुङ — रु. ६,००० (नीलकण्ठ नगरपालिका–१४)
२८. ज्ञान गुरुङ — रु. ४,८०० (नीलकण्ठ नगरपालिका–१४)
२९. उमन लामा — रु. ८,००० (नीलकण्ठ नगरपालिका–१४)
३०. कृष्ण तामाङ — रु. १०,५५५ (कुपा, हाल भारत)
३१. विशाल गुरुङ — रु. १०,००० (कुपा, हाल बेलारुस)
३२. विष्णु गुरुङ (हाल यूएई), सन्तोष गुरुङ (हाल भारत) र सूर्य गुरुङ (हाल जापान) — रु. १५,००० (कुपा)
३३. जीतबहादुर तामाङ र रामबहादुर तामाङ — रु. १०,००० (कुपा)
३४. अमन तामाङ — रु. ४,००० (कुपा)
३५. धन गुरुङ — रु. ५,००० (कुपा)
३६. टेकबहादुर गोले — रु. ५,००० (नुवाकोट)
३७. पानु गुरुङ — रु. ५,००० (चितवन)
३८. कमल तामाङ — रु. ३,२०० (नीलकण्ठ नगरपालिका–१४)
३९. सरोज तामाङ (राजु) — रु. १०,१०५ (रिमाल्डी, हाल मलेसिया)
४०. खीमबहादुर तामाङ — रु. ५,००० (गहते)
फुटबल विजेतालाई एक लाख तीन हजार ३३३ रुपैयाँ
छैटौँ कुपा कपअन्तर्गत सञ्चालन हुने सात ए साइड खुला नकआउट फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाख ३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले रु. ५५ हजार ५५५ सहित मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने टोलीलाई रु. १५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु. ५ हजार, उत्कृष्ट गोलरक्षकले रु. ४ हजार र सर्वाधिक गोलकर्ताले रु. ४ हजार पुरस्कार पाउनेछन् । फुटबल प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क रु. ९ हजार तोकिएको छ ।
मिनी म्याराथनको प्रथम पुरस्कार २४ हजार रुपैयाँ
प्रतियोगिताअन्तर्गत आयोजना हुने मिनी म्याराथन दौडमा प्रथम हुनेले नगद रु. २४ हजारसहित मेडल र सम्मानपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले रु. १२ हजारसहित मेडल र सम्मानपत्र पाउनेछ। तेस्रो र चौथो हुनेलाई मेडल तथा सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबल प्रतियोगिताका लागि टोली दर्ता गर्ने अन्तिम मिति २०८३ असोज २७ गते तोकिएको छ भने प्रतियोगिताको टाइसिट असोज २८ गते प्रकाशन गरिनेछ । कुपा कपअन्तर्गतको मिनी म्याराथन दौड भने २०८३ कात्तिक ८ गते सम्पन्न हुनेछ ।
गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम

