
धादिङ । नीलकण्ठ १४ स्थित कुपा खेल मैदानमा असोज २१ गते देखि जारी चौंथो कुपा खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता मेन्दोफोले युबा क्लब (काउले) जितेको छ । मेन्दोफोले र थर्पु युवा क्लब बीच भएको फाईनल निर्धारित समयमा दुबै टिमले ११ गोल गरेपछि खेल पेनाल्टीमा जाँदा थर्पु उपविजेता बन्न पुगेको हो ।
कुपा युवा समाजले आयोजना गरेको ४० टिम सहभागी यस प्रतियोगिता जिते सँगै मेन्दोफोले ६६ हजार ६६६ र उपविजेता बन्न पुगेको थर्पुले ३३ हजार ३३३ हात पारे भने सेमिफाइनल रोकिएका छोइलीङ युवा क्लब ‘बी’ र बर्दिया जिल्लाको अमृत जलकुन्नीले १०/१० हजार पुरस्कार पाएका छन् ।
यस प्रतियाेगितामा उत्कृष्ट गाेलरक्षमा सागर तामाङ (काउले), उत्कृष्ट खेलाडीमा रसुन तामाङ (काउले) र सार्वाधिक गाेल कर्तामा सागर तामाङ (थर्पु) घाेषित भएका छन् । विजेताहरुलाई नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा र वडा अध्यक्ष नवराज दुवाडीकाे हातबाट पुरस्कार वितरण गरिएकाे कुप समाजका अध्यक्ष हर्क गुरुङले बताए ।
यस्तै चौंथो कुपा अन्तरगत आज सम्पन्न १० किलोमिटर दौड गत वर्ष कै विजेता बैतडीका नरेन्द्र रावत प्रथम हुँदै २२ हजार र बैतडी कै करण रावलले द्वितिय हुँदै ११ हजार पुरस्कार जित्न सफल भएका छन् ।
विगतका वर्षको नतिजा
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम