चौंथो कुपा दौड सेनाका नरेन्द्रले जिते

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १, २०८१

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा युवा समाजले आयोजना गरेको चौंथो कुपा कप अन्तरगत १० किलो मिटर खुल्ला दौड प्रतियोगिता गत वर्ष कै विजेता बैतडीका नरेन्द्र रावतले जितेका छन् । जित सँगै बैतडीका नरेन्द्रले २२ हजार र उपविजेता बनेका करणले ११ हजार नगद जितेका छन् ।

नेपाली सेनाका नरेन्द्रले निर्धारित दुरी ३३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दा द्वितिय भएका बैतडी कै करण रावलले ३४ मिनेट ३२ सेकेण्डमा पुरा गरेका थिए । यस्तै एपीएफ क्लवबाट सहभागी भएका राजेन्द्र तामाङले ३५ मिनेट ३७ सेकेण्डमा उक्त दुरी पार गरेका थिए भने सान्तोना भएका ललितपुरका नबिन बानियाले ३९ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गरेका थिए ।

यस अघि भएको तेस्रो कुपा दौड बैतडीका नरेन्द्र रावतले प्रथम हुँदै २० हजार हात पारेका थिए भने दोस्रो बैतडीकै मोहन देव जोशी बनेका थिए । त्यस अघि भएको दोस्रो कुपा दौड मोहन देव जोशीले जितेका थिए ।