रोटरी क्लब अफ धादिङको हरि लम्साललाई पद हस्तन्तरण

Avatar photo
Dhadingpost
आइतवार, साउन ८, २०७४

धादिङ साउन ८ । सामाजिक सेवाभावले संचालित रोटरी क्लब अफ धादिङमा रोटरीयन हरि लम्साललाई पद हस्तन्तरण गरिएको छ ।

कार्यक्रम (2nd Club Installation Ceremony) जोन २१ का असिस्टेन्ट गभर्नर रोटरीयन राजेन्द्र अर्यालको प्रमुख आतिथ्यता धादिङमा एक वर्षे कार्यकालका लागि लम्साललाई अध्यक्ष रहने गरि विशेष कार्यक्रममका बीच पद हस्तान्तरण गरिएको हो ।

नेपाली समाजमा अझै रोटरी क्लव र यसको परिभाषाको चर्चा हुन नसकोले सरल र सहज तरीकाले रोटरी क्लवबारे तल्लो स्तर सम्म समाचार पुर्याई दिन कार्यक्रममा प्रमुख अतिथि असिस्टेन्ट गभर्नर रोटरीयन राजेन्द्र अर्यालले संचारकर्मीहरुलाई आग्ह गर्नुभएको थियो ।

कतिपय मान्छेहरुले कमाउन र विदेश यात्राको लागि रोटरी संचालनमा ल्याएको भ्रम फैलाउने गरेको भन्दै उहाँले यो नितान्त समाज सेवा भावले गठित संस्था जो यसमा आवद्ध हुन्छ उसैले यस संस्थामा आर्थिक सहयोग गरेको हुन्छ र त्यहि रकम सामाजिक क्षेत्रमा खर्च गरिने बताउनु भएको थियो ।

उहाँले १ वर्षमा अध्यक्षको कार्यकाल सकिने नियम अनुसार यस अघिका धादिङका अध्यक्ष धुर्व बहादुर थापालाई अध्यक्षबाट विदाई गर्दै धादिङ बोर्डिङका प्रिन्सिपल समेत रहेका हरि लम्साललाई रोलक्रम अनुसार एक वर्षे कार्यकालका लागि अध्यक्ष बनाईएको बताउनु भएको थियो ।

हरि लम्साललाई पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष धुर्व बहादुर थापाले अफु संस्था जन्मने क्रममा अध्यक्ष भएकोले संस्था हुर्काउनमै समय लाग्यो तसर्थ महत्वपूर्ण सामाजिक काम गर्न नसकिएको बताउँदै आफ्नो कार्यकालमा गजुरी गाउँपालिकामा १८ घरका भुकम्प पिडित परिवारलाई सोलार बत्ती वितरण, नीलकण्ठ नगरपालिकालाई आगो निभाउन सहयोग गर्ने उपकरण र सामाग्रीहरु प्रदान, नीलकण्ठ नगरपालिकालाई नै प्लाष्टिक मुक्त गर्न सुरुरो वितरणको लगायतको काम भएको बताउनु भएको थियो ।

यस्तै उहाँले अब धादिङका २ वटा विद्यालय (साङ्कोष मावि र कर्णेश्वर मावि) लाई कम्प्यूटर र विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सामान वितरण, जिल्ला अस्पताललाई आवश्यक उपकरण र खानेपानी योजना सम्बन्धी कार्य गर्ने योजना रहेको बताउनु भएको थियो ।
कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष लम्सालले रोटरी क्लवको नीति र योजनामा प्रतिबद्ध भएर समाजिक काममा सहभागि हुन धादिङबाट २१ जनाको टिम बनेको र समाजमा देखिने गरि सामाजिक काम गरिने बताउनु भएको थियो ।

रोटरी क्लवको नीति अनुसार केहि निश्चित माप दण्डहरु पुरा गरे अर्को वर्षका कार्यकालका लागि एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकी धादिङको अध्यक्ष बन्नुहुने छ । पहिले नै पालै पालो नेतृत्वमा पुग्ने गरि समिति निर्माण गरिने हुनाले कार्य समिति निर्माण चस्त दुरुस्त सँधै हुन्छ एक सदस्यले बताए ।

रोटरी क्लव अफ गोरखाका अध्यक्ष किशोर जंग थापा, पत्रकार महाँसंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्यता रहेको उक्त पद हस्तान्तरण कार्यक्रम रोटरीयन रोहित भण्डारीले संचालन गर्नुभएको थियो ।