धादिङका विष्णुलाललाई पोखरामा अर्को सफलता

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २४, २०७९

धादिङ । जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ जहाँ खेल्छन्, त्यहाँ जित्छन् भने जस्तै पछिल्लो चरण उनको जोडिले भाग लिएको प्राय: खेलहरुमा जितेर फर्कने गरेका छन् । पौष १७ गते पोखरामा सम्पन्न राष्ट्रिय सुपर भेट्रान्स जितेका विष्णुलालले पोखरा मै फेरि अर्को सफलता हाँसिल गरेका छन् ।

यहि फागुन २२ देखि २४ सम्म पोखराको पटनेरीमा लेक सिटी व्याडमिन्टन क्लबले आयोजना गरेको तेश्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगितामा सुपर भेट्रान्स तर्फ पनि विष्णुलालको जोडि प्रथम भएको छ । धादिङका विष्णुलाल श्रेष्ठ र चितवनका बुध्दि चौधरी जोडीले बुटवलका नारायण प्रसाद घिमिरे पाटनर कास्कीका राम बहादुर गुरुङको जोडीलाई पराजित गर्दै उपाधी चुमेको हो । विष्णुलालको जोडीले बुटवलका नारायण प्रसाद घिमिरेको जोडीलाई २१-१५, १८-२१ र २१-१२ अंक स्कोरमा पराजित गरेको हो ।

यस अघि विष्णुलाल