धादिङका विष्णुलालको जोडी दार्जलिङ ब्याडमिण्टनमा तृतिय

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७८

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठ र पोखराका रमेश भट्टचनको जोडी दर्जलिङमा जारी ब्याडमिण्टनको सेमिफाईनलमा पराजित हुँदा तेस्रो भएको छ ।

धादिङका विष्णुलालको जोडीले सिक्किमको टिमलाई हराउँदै सेमिफाईनल पुगेको थियो सेमिफाईनलमा आसामको टिम सँग पराजित हुँदा तृतिय स्थान पक्का गरेको हो ।

यस्तै नेपालका खुस गुरुङ पाटनर मान बहादुर राना कमल रानाको जोडीले फाईनलमा सिलगुडीको जोडीलाई तेश्रो सेटमा पराजित गरी प्रथम बन्यो । यसैगरी नेपालका पुष्प श्रेष्ठ पाटनर बुद्घि चौधरीको जोडीलाई आसामको जोडीले फाईनलमा सोझो सेटमा पराजित गर्दा दोश्रो भयो ।

दार्जलिङको बिजनबारी व्याडमिन्टन संघले आयोजना गरेको उक्त प्रतियोगिताम नेपाल लगायत भारतको दार्जलिङ, सिकिमको नाम्चे, गान्तोक, जोर्थाङ, कालिङ्पोङ, सिलगुडी, मिरिक, कर्सयाङ, आसाम र कोलकताबाट लगभग २०० खेलाडीले सहभागिता जनाएका थिए ।