धादिङका विष्णुलालको टिम पोखरा ब्याडमिन्टनमा उपविजेता

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २३, २०७७

धादिङ फागुन २३ । धादिङका विष्णुलाल श्रेष्ठ र ललितपुरका नरेस लाल ताम्राकारको टिम पोखरामा सम्पन्न ब्याडमिण्टन प्रतियोगितामा उपविजेता बनेको छ ।

पोखरा स्पोर्ट एण्ड व्याडमिन्टन क्लवले आयोजना गरेको खुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गत हाल सम्मकै सर्वाधिक राशि भएको उक्त प्रतियोगितामा ५५ वर्ष माथिको पुरुष युगल (सुपर भेट्रान्स) तर्फ धादिङका विष्णुलालको टिम उप विजेता बनेको हो ।

धादिङका विष्णुलालको टिमले यो समुहमा कास्की सँग पराजित भएको थियो ।