धादिङ असोज १६ । जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ र चितवनका पुष्प श्रेष्ठको जोडी रुपन्देहीमा भएको ब्याडमिण्टन प्रतियोगितामा सुपर भेट्रान्स तर्फ प्रथम भएको छ । फित एण्ड फाईन् स्पोर्टस सेन्टर तिलोत्तन ३ रुपन्देहीले आयोजना गरेको खुल्ला भुत पूर्व सैनिक तथा सुपर भेट्रन्स ब्याडमिण्टन प्रतियोगितामा धादिङ र चितवनका श्रेष्ठको जोडीले भेट्रान्स तर्फ प्रथम उपाधी हात परेको हो ।
यो जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र ऋषिराम भण्डारीको जोडिलाई २१-१६ र २१-१५ को सोझो सेटमा जित्न पराजित गर्दै २० हजार नगद पुरस्कार राशीको उपाधी जितेको हो ।
धादिङका श्रेष्ठ यस प्रतियोगितामा भेट्रन्स तर्फ उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । असोज १५ र १६ गते दुई दिन चलेको यस प्रतियोगितामा भुत पूर्व सैनिक तर्फ ४४ टिम र सुपर भेट्रान्समा १६ टिमले भाग लिएको आयोजकले जनाएको छ ।