धादिङका विष्णुलाल श्रेष्ठको जाेडी पाेखरा ब्याडमिन्टनमा प्रथम

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ४, २०७९

धादिङ । पोखरा स्पोर्टस एण्ड व्याडमिन्टन क्लबले आयोजना गरेको तेश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा धादिङका विष्णुलाल श्रेष्ठको जाेडी प्रथम भएकाे छ ।

जिल्ला ब्याडमिन्टन संघ धादिङका अध्यक्ष समेत रहेकाे धादिङका विष्णुलाल श्रेष्ठ र धनगढीका सुरेश बमकाे जाेडीले सुपर भेट्रान्स ५५+मा प्रथम भएका हुन् ।

वैशाख ३ देखि ४ सम्म संचालन भएकाे यस प्रतियाेगितामा दिल पुन पाटनर मनोज श्रेष्ठ कास्कीलाई १०-२१,२२-२० र २१-१९ अंकमा परािजत गर्दै प्रथम भएका हुन् । भारतको आसामबाट समेत खेलाडी सहभागिता भई पुरुष युगल विधामा प्रथम र ४५+मा तेश्रो हुन सफल भएको छ ।