धादिङका विष्णुलालको जोडी पोखरामा प्रथम

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १७, २०७७

धादिङ चैत्र १७ । लेक सिटी ब्याडमिन्टन क्लव पोखरा, कास्कीले आयोजना चैत्र १४ देखि १६ सम्म आयोजना गरेको ब्यामिन्टन प्रतियोगितामा धादिङका विष्णुलाल श्रेष्ठको जोडी प्रथम भएको छ ।

५५ वर्ष भन्दा माथिको पुरुष युगल (सुपर भेट्रान्स) तर्फ धादिङकाविष्णुलाल श्रेष्ठ धादिङ र पुष्प श्रेष्ठ चितवनले 1st round bye , 2nd round कास्की,3 rd round ktm र 4th round मा कास्कीका मनोज श्रेष्ठ र दिल पुनको जोडीलाई पराजित गरि प्रथम भएको हो ।

आयोजकले कार्यक्रममा श्रेष्ठलाई साथै 2018 Oct 26 मा श्रीलंकाले आयोजना गरेको ईन्टरनेशनल मास्टर्स व्याडमिन्टन टुर्नामेन्टमा ५५ बर्ष उमेर समुहको एकल र युगल प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल भएकोमा सम्मान समेत गरेको थियो ।