धादिङका विष्णुलाललाई ब्याडमिण्टनमा अर्को सफलता

Avatar photo
Dhadingpost
सोमवार, माघ १६, २०७९

धादिङ । भारतको सिक्किम राज्य स्थित सिङ्गटम व्याडमिन्टन क्लवले आयोजना गरेको खुल्लाब्याड मिण्टन प्रतियोगितामा धादिङका विष्णुलाल श्रेष्ठको जोडी प्रथम भएको छ ।

पौष १३ देखि १६ सम्म पोखरा रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ मा च्याम्पिएन बनेका विष्णुलाल श्रेष्ठ यही माघ १२-१५ सम्म संचालन भएको खुल्लाब्याड मिण्टन प्रतियोगितामा प्रथम हुँदै अर्को सफलता हाँसिल गरेका हुन् ।

सिङ्गटम व्याडमिन्टन क्लवको उक्त प्रतियोगितामा पुरुष युगल ६०ं तर्फ नेपालबाट सहभागी धादिङका विष्णु लाल श्रेष्ठ पाटनर रमेश भट्टचनको जोडीले दार्जलिङका डा।प्रबिन मोक्तान पाटनर निर कुमार रानाको जोडीलाई १७-२१,२१-११ र २१-१९ प्रतिस्पर्धात्मक अंक स्कोरमा पराजित गर्दै प्रथम भएको हो ।