धादिङका विष्णुलालकाे जाेडी प्रथम

Avatar photo
Dhadingpost
आइतवार, साउन १५, २०७९

धादिङ । धादिङको ब्याडमिन्टनका धराेहरका रुपमा चिनिने विष्णुलाल श्रेष्ठको जाेडी स्पोर्ट्स हव नेपाल काठमाण्डौंले आयोजना गरेको प्रथम स्पोर्ट्स हव खुल्ला व्याडमिन्टन प्रतियोगितामा प्रथम भएकाे छ ।

धादिङका विष्णुलालले पोखरा, बुटवल र काठमाण्डौमा भएको खुल्ला प्रतियोगितामा उमेर समूह ५५+मा लगातार प्रथम भई ह्याट्रिक समेत पूरा गरे ।

साउन ११देखि १४ गते सम्म चलेकाे यस प्रतियाेगिताकाे ७ विधा मध्ये विष्णु लाल श्रेष्ठ र नारायण प्रसाद घिमिरे बुटवलकाे जाेडी सुपर भेट्रान्स तर्फ प्रथम भएकाे हाे ।

र्याङ्कीङ टप ट्वान्टी माथिको मेन्स डबलमा धादिङको राम+लक्ष्मण मल्लको जुम्ल्याहा जोडी तेश्रो हुन सफल भएको छ । र्याङ्कीङ टप ट्वान्टी माथिको ओमेन सिंगलमा धादिङका ३ जना महिलाहरुले पनि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।