धादिङका विष्णुलालको जोडी बुटवल राष्ट्रिय ब्याडमिण्टनमा प्रथम

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ११, २०७९

धादिङ । बुटवल ब्याडमिन्टन क्लबले आयोजना गरेको दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा धादिङका विष्णु लाल श्रेष्ठको जोडी प्रथम भएको छ ।

धादिङ जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ पाटनर शुरेश वम धनगढीको टिमले भेट्रान्स ५५+ मा बुध्दि चौधरी चितवन पाटनर मनोज श्रेष्ठ कास्कीलाई हराउँदै प्रथम भएको हो ।

बैशाख ७ देखि १० सम्म बुटवलमा सन्चालित उक्त प्रतियोगिताको फाईनलमा विष्णुलाल श्रेष्ठ पाटनर शुरेश वम धनगढीको टिमले पहिलो सेट २१-१७मा जित्यो भने दोस्रो सेट बुध्दि चौधरी चितवन पाटनर मनोज श्रेष्ठ कास्कीले २४-२२ जितेको थियो अन्तिम सेट विष्णुलाल र शुरेश वमले २१-१९ मा हराउँदै पक्षमा पारेका थिए ।