धादिङ चैत्र ९ । जिल्ला ब्याडमिन्टन संघ धादिङका अध्यक्ष विष्णसलाल श्रेष्ठ र चितवनका पुष्प श्रेष्ठको जोडिले प्रथम चितवन जिल्ला तथा राष्ट्रिय भेट्रान्स व्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेको छ ।
चैत्र ७ र ८ गते विजय ग्रुप प्रा. लि. चितवन द्वारा आयोजित उक्त प्रतियोगिताको ५५ बर्ष माथिको समूह (पुरुष भेट्रान्स डबल ) तर्फ यो जोडीले मनोज श्रेष्ठ कास्की र ईमान सिं गुरुङ चितवनलाई २१-९ र २१-७ को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गर्दै उपाधी चुमेको हो ।