कुपा खेलकुदका लागि आर्थिक सहयोग जुट्न थाल्यो (हाल सम्मका सहयोगिको नामावली)

Avatar photo
Dhadingpost
सोमवार, अशोज २२, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा कार्तिक ६ देखि ११ गते सम्म तेस्रो खुल्ला नक आउट फुटबल प्रतियोगिता र मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग रकम जुटन थालेको छ ।

खेलप्रेमीहरुको सहयोगमा विगतका वर्षहरुमा कुपा खेलकुद सम्पन्न गरेका हौं, यस वर्ष पनि सहयोगको अपेक्षा सहित हामीले तेस्रो फुटबल प्रतियोगिता र मिनी म्याराथुन प्रतियोगिता आयोजना गर्न गहि रहेका छौं केहि सहयोग प्राप्त भईसकेको तर प्रतियोगिता सम्पन्न गर्ने अझै आर्थिक अभाव रहेकोले सहयोगको अपेक्षा गरिरहेको कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङले धादिङपोष्टलाई बताए ।

अध्यक्ष गुरुङका अनुसार गत वर्षको भन्दा यस वर्ष पुरस्कार राशि बढाईएको छ । यस वर्ष फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिने छ । प्रतियोगितामा भाग लिन इच्छुक क्लवहरुले असोज २८ गते देखि कार्ति ३ गते सम्म टिम दर्ता गराउनु पर्ने छ । यस्तै तेस्रो खुल्ला १० किलो मिटर दौडका लागि प्रथम पुरस्कार २० हजार र उप विजेता टिमका लागि १० हजार पुरस्कार दिईने र त्यसका लागि कार्तिक ६ देखि १० गते नाम दर्ता गराउनु पर्ने छ भने फुटबल समापनको दिन कार्तिक ११ गते दौड कार्यक्रम हुनेछ ।

हाल सम्म प्राप्त सहयोगीको नाम र रकम

  • श्याम गुरुङ (चौतारी), कुपा १२,५००
  • अरुण गुरुङ (राम), कुपा ११,१११
  • राम तामाङ, कुपा सौउरपाखा हाल: भरत १०,०००
  • लक्ष्मण गुरुङ, कुपा, १०,०००
  • कुमार तामाङ कुपा, ९,९२०
  • आकाश तामाङ, कुपा ८,०००
  • हर्क गुरुङ, कुपा, ६,५००
  • मान बहादुर गुरुङ, कुपा, हाल: भारत ६,०००
  • बिमला गुरुङ, कुपा, हाल कोरिया ५,५५५
  • सन्दिप लामा तामाङ्ग निलकन्ठ १४ भदौरे हाल: भारत ५,५५५
  • बिशाल तामाङ्ग, कुपा, हाल: भारत ५,५००
  • सन्तोश तामाङ, कुपा सौउरपाखा, हाल: भारत ५,०००
  • कान्छा वाइवा, कुपा, हाल: बारा ५,०००
  • चन्द्र बहादुर गुरुङ, कुपा ५,०००
  • अमिस तामाङ, त्रिपुरसुन्दरी, १,५००
  • बिनोद गुरुङ, खरबारी १,१११

यस अघि कुपा गाउँमा भएका खेलकुद गतिविधि