
धादिङ । रोटरी क्लब अफ धादिङले त्रिपुरासुन्दरी गाउँपालिका–२, लामा, बगैँचा स्थित आवागमन आधारभूत विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा पाँचसम्मका १२० जना विद्यार्थीहरुलाई आवश्यक पर्ने स्टेशनरीका सामाग्री सँगै स्वेटर वितरण गरेको छ ।
रोटरी क्लब अफ धादिङले विद्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त सामानहरु वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज कँडेलको सभातित्वमा रोटरी क्लब अफ धादिङको प्रेसिडेन्ट रोहित भण्डारीकोे प्रमुख आतिथ्यता रहेको थियो
उक्त कार्यक्रममा रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष कृष्णलाल उप्रेती, निवर्तमान अध्यक्ष भिम बहादुर श्रेष्ठ, सर्भिस चियर इश्वर कँडेल सहित विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । रोटरी क्लब अफ धादिङका अध्यक्ष रोटरियन रोहित भण्डारीले संस्थाको सहयोगमा विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुको पठनपाठनलाई सहज गराउनका लागि स्टेशनरी तथा स्वेटरहरु वितरण गर्ने गरेको बताएका थिए ।
“स्वार्थभन्दा माथि सेवा” भन्ने नाराका साथ विश्वव्यापी सामाजिक र मानवीय सेवामा समर्पित अन्तराष्ट्रिय सेवामूलक संस्थाको रुपमा क्रियाशील रोटरी क्लब अफ धादिङले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मूलभूत क्षेत्रमा रही सामाजिक र मानवीय कार्य गर्दै आइरहेको आइपीपी रोटरियन भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
रोटरी क्लव अफ धादिङ
- २०२२-२३ को अध्यक्षमा रोहित भण्डारी
- २०२१-२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
रोटरी क्लव अफ धादिङको मुख्य गतिविधि
- रोटरी क्लव अफ धादिङले जित्यो, बुटवल ब्याडमिण्टन
- रोटरी क्लव अफ धादिङद्धारा विद्यालय भवन हस्तान्तरण
- रोटरी क्लव अफ धादिङले पब्लिक लाइब्रेरी बनाउने
- धादिङ अस्पताललाई ६५ लाखको स्वास्थ्य उपकरणहरु सहयोग
- धादिङद्वारा विद्यार्थीलाई स्वास्थ्य सामाग्री सहयोग
- धादिङ अस्पताललाई पीपीई र मास्क प्रदान
- धादिङद्वारा स्वास्थ्यकर्मीलाई पीपीई प्रदान
- रोटरीको आयोजनामा धादिङ कारागारका ११७ जना बन्दीद्वारा रक्तदान
- जनजागृती माध्यामिक विद्यालयको भवन निमार्ण
- विद्यालय भवन बनाउन १२ लाखको चेक हस्तान्तरण
- रोटरी क्लब अफ धादिङको आयोजनामा अन्तराष्ट्रिय पोलियो दिवस
