रोटरी क्लव अफ धादिङले पब्लिक लाइब्रेरी बनाउने

Avatar photo
Dhadingpost
शनिबार, साउन १६, २०७८

धादिङ साउन १६ । शिक्षा स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको रोटरी क्लव अफ धादिङले अब पब्लिक लाइब्रेरी बनाउने भएको छ ।

०२१-२२ को लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष भिमबहादुर श्रेष्ठले यस अघि दुई वटा विद्यालयको भवन निमार्ण गर्यौं, जिल्ला अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य उपकरणहरु प्रदान गर्यो, अबको प्राथमिकता धादिङमा पब्लिक लाइब्रेरी निर्माण गर्ने रहेको बताएका हुन् ।

गल्छी गाउँपालिकाको गल्छीमा एक कार्यक्रमका बीच ०२०-२१ का अध्यक्ष कृष्णलाल उप्रतीले, श्रेष्ठलाई अध्यक्ष पद हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण लग्गतै अध्यक्ष श्रेष्ठलाई भर्चुअल माध्यामबाट आर आई डिस्ट्रिक ३२९२ रोटरी क्लव अफ नेपाल भुटानका अध्यक्ष सन्तोषकुमार रिजालले सफत खुवाएका थिए ।

श्रेष्ठले पद ग्रहण सँगै सफल लिए पछि नयाँ कार्य समितिमा रहेका ०२२-२३ का अध्यक्ष रोहित भण्डारी, ०२२-२४ का अध्यक्ष नविन कुमार श्रेष्ठ, उपाध्यक्ष संजय अधिकारी, सचिव डा. रामचन्द्र रिजाल, सह सचिव विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्ष मिलन बराईली र सहकोषाध्यक्ष तिलक सिंखडालाई सफत खुवाएका थिए ।

०२१ २२ को यस नयाँ कार्यसमितिलाई सहयोग गर्ने गरि अशोक बस्नेत, रामचन्द्र गिरी, कृष्णलाल उप्रेती, रामहरी अधिकारी, टीआरएफ ध्रुवबहादुर थापा, विष्णुप्रसाद कोईराला र सुदिप रसाईली संयोजक रहेको विभिन्न समितिहरु समेत बनाईएको छ ।

रोटरी क्लव अफ धादिङको मुख्य गतिविधि