कटुञ्जे बन्यो १६ औँ वाका कपको च्याम्पियन

Avatar photo
Dhadingpost
बैशाख २, २०८३

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३, वाकामा सम्पन्न जिल्ला कै सर्वाधिक पुरस्कार राशिको १६ औँ वाका कप फुटबल प्रतियोगिताको उपाधि कटुञ्जेले जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा सेमजोङलाई १–० गोलले पराजित गर्दै कटुञ्जेले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा कटुञ्जेले निर्णायक गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

उपाधिसँगै कटुञ्जेले नगद रु. २ लाख २ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको सेमजोङले रु. १ लाख १ हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुगेर रोकिएका दुई टोली किस्पाङ र मईबलले समान रु. २०–२० हजार पुरस्कार प्राप्त गरेका छन् ।

स्थानीयस्तरमा आयोजना हुँदै आएको वाका कप फुटबल प्रतियोगिता जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताको रूपमा परिचित छ । तस्बिर: विजय तामाङ

गत संस्करणहरु