१२ औं वाका कप नुवाकोटको किम्ताङलाई हराउँदै धादिङको केवराले जित्यो

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १, २०७९

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा चैत्र २२ गते देखि जारी १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिताको उपाधी नुवाकोटको सानो किम्ताङ युवा क्लव किम्ताङलाई पराजित गर्दै धादिङको नेत्रावती डवजोङ गाउँपालिका २ को डुप्चे युवा क्लव केवराले जितको छ ।

छार वाका राहा युवा क्लवले आयोजना गरेको यस प्रतियोगिताको आज भएको फाईलनमा नुवाकोटको सानो किम्ताङलाई ० गोलमा रोक्दै जितका लागि १ गोल गरेको नेत्रावती डवजोङ गाउँपालिका २ को केवराले च्यम्पियन बन्दै नगद १ लाख २५ हजार जितेको छ । कोवराको जितका लागि विपिन कडेलले गोल गरेका थिए ।

उपविजेतमा रोकिएको सानो किम्ताङले ६० हजारमा चित्तबुझाएको छ भने सान्तोना हुने टिमद्वय टिम द राईजिङ मंगोलियन युवा क्लव र फलाटे युवा क्लव फलाटेले १५ – १५ हजार हात पारेका छन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री दिलमान पाख्रिनले पुरस्कृत खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाख्रिनले छार वाका राहा युवा क्लवले १२ औं श्रृखला सम्म आईपुगेकोमा धन्यावाद दिँदै यो श्रृखला जारि राख्न र त्यसका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष वाका कप फुटबलको आयोजना गर्दै आएको खेल संयोजक सुकबहादुर गुरुङले बताए । ११ औं वाका कपमा १ लाख ११ हजार पुरस्कार थियो यसलाई १२ औंमा बढाएर १ लाख २५ हजार पुर्याएका छौं संयोजक गुरुङले बताए । गत वर्ष सम्पन्न ११ औं वाका कप पनि चैत्र ११ गते बाटै सम्पन्न भएको थियो र उक्त प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो ।