आठौ वाका कप, नव स्टार युवा सामरीले चुम्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २, २०७४

आइतीमायाँ तामाङ
सेमजोङ, धादिङ बैशाख २ । आठौ वाका कप फुटबल प्रतियोगिता नव स्टार युवा सामरीले जितेको छ ।

न्यू वाका राहा युवा क्लवको आयोजनामा धादिङ नेत्रावती गाउँपालिका अन्तरगत सेकजोङमा भएको उक्त फुटबल प्रतियोगिता नव स्टार युवा सामरीले जितेको हो ।

फुटबल प्रतियोगिता समापन कार्यक्रममा माओवादी केन्द धादिङका उपाध्यक्ष राम बहादुर भण्डारीले १० वर्षे जनयुद्धको उपलब्धि कार्यन्वयन गर्ने बेलामा जनयुद्धमा योगदान गर्नेहरु नै पार्टी फुटाएर जानु उचित नभएको र यति बेला पार्टीलाई झनै एकढिक्का बनाएर लैजान आवश्यक रहेकोले सबैलार्र्ई एकताको सुत्रमा बाँधिन आवश्यक भएको बताउनु भयो ।

उहाँले यतिबेला आफूलाई परिवर्तनकारी भन्नेहरु नै यो वा त्यो बाहनामा चुनाव नगर्ने षड्यन्त्रमा लागेकोले यसलाई सबैले गहन रुपमा सोच्नु पर्ने बताउनु भयो । स्थानिय चुनाब नजिकिँदै गरेको अवस्थामा चुनाव बिथोल्ने तत्वहरु सल बलाउन सक्ने हुँदा यसमा सबैलाई सचेत रहन पनि आग्रह गर्नुभयो ।

शुक्रबार सम्पन्न भएको उक्त फुटबल प्रतियोगितामा नव स्टार युवा क्लब सामरी प्रथम र आयोजक न्यू वाका राहा युवा क्लव द्धितिय भएको थियो । प्रथम हुने टोलीलाई नगद रु ६० हजार ट्रफी मेडल र प्रमाणपत्र, र द्धितिय हुनेलाई रु ३० हजार, ट्रफी मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

न्यू वाका राहा युवा क्लवको अध्यक्ष दिपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी जिल्ला सल्लाहकार संयोजक केशरी प्रसाद पन्त, नेत्रावती गाउपालिका ईन्चार्ज ठाकुर गुरुङ, सोही गाउपालिका संयोजक प्रेम तामाङ, लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा विजयी खेलाडीका लागि कप मेडल प्रमाण पत्र नेपालका चर्चित खेल प्रशिक्षक बालाजु कराँतो डो का धुर्व विक्रम मल्लले सहयोग गर्नु भएको थियो । फोटो सुकराम तामाङ