धादिङको सर्वाधिक राशिको वाका कपको उपाधि न्यु वाका राहलाई

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १, २०७५

धादिङ सेमजोङ बैशाख १ । नेत्रावती डापजोङ गाउँपलिकास्थित सेमजोङ गैरामा संचालन भएको सर्वाधिक राशिको वाका कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्यु वाका राहले जितेको छ ।

नव बर्ष २०७५ सालको अवसरमा आयोजना चैत्र २० गते देखि संचालन गरिएको प्रथम पुरस्कार १ लाख १ हजार राशिको नवौं वाका कपको उपाधि अयोजक न्यु वाका राह युवा क्लबले चुमेको हो ।

धादिङ जिल्ला कै सार्वधिक पुरस्कार रहेको यस नवौं वाका कपमा २४ टिमको सहभागिता रहेको थियो ।

खेलको बिजेता संगै न्यु वाका राह युवा क्लबलाई नगद रु.१ लाख १ एक हजार तथा उपबिजेता नवस्टार युवा क्लब पोखरीले नगद रु. ५० हजार ५००, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलको समापन तथा पुरस्कर वितरण तथा समापन कर्यक्रममा फाइनल खेल हेर्नको लागि धादिङ र नुवाकोटका गरि करिब छ हजार दर्शकको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल अहिसवादी बौद्ध धर्म बिस्वाशान्ती चक्र संघका केन्द्रीय महासचिब धर्मगुरु प्रेम दोर्जे बल लामाको उपस्थिती रहेको थियो भने, छिमेकी जिल्ला नुवाकोट मेघाङ गाउँपलिका र नेत्रवाती डाबजोङ गाउपालिका भित्रका निर्वचित जनप्रधिनिधीहरुको उपस्थिती रहेको थियो आयोजक संस्था न्यू वाका राहा युवा क्लव धादिङका बेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।