१४ औं वाका कप चौताराले जित्यो

Avatar photo
नारायण सिलवाल
आइतवार, बैशाख २, २०८१

धादिङ । धादिङको सेमजोङमा चैत २२ गते देखि जारी ३२ टिम सहभागी १४ औं वाका कप तथा दोस्रो अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता चौतारा युवा क्लब सेमजोङले जितेको छ । फाईनलमा फलाटे युवा क्लब पराजित गर्दै विजेता बने सँगै चौताराले नगद २ लाख जित्न सफल भएको छ ।

चौताराको जितका लागि श्रीकृष्ण तामाङले १ गोल गरेका थिए भने अर्को गोल फलाटे टिमका खेलाडीले आत्मघाटी गोल गरि दिएका थिए । उप विजेता बनेको फलाटेले १ लाख नगद पुरस्कार पाउँदा सेमिफाईनलमा रोकिएका दुई टिम ज्वालामुखी सेवा समाज र छार वाका राहा युवा क्लब २५–२५ हजार नगद पुरस्कार प्रदान गरिएको खेल संयोजक दिपक तामाङले धादिङपोष्टलाई बताए ।

नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा छ । यसै वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले नियमित जिल्लाकै सर्वाधिक राशीको खुल्ला फुटबल प्रतियोगिता गर्दै आएको छ, भने धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रलाई पवित्र बौद्ध तिर्थ बनाउने अभियानमा स्थानीयहरुले काम गर्दै आएका छन् । फोटोः सेमजोङ पेजबाट

गत संस्करणहरु