हरिभक्त मगरातीको पहलमा ज्वालामुखीका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Avatar photo
Dhadingpost
अशोज २४, २०८३

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७ का दुई विद्यालयका विद्यार्थीलाई हरिभक्त मगरातीको पहलमा झोला, ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिएको सहयोगअन्तर्गत नवोदित आधारभूत विद्यालयका २४ जना विद्यार्थीलाई झोला, ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरिएको हो । त्यस्तै, सालबास माध्यमिक विद्यालयमा कक्षा १ देखि ६ सम्मका ८८ जना विद्यार्थीलाई झोला, ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ। कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई स्टेसनरी सामग्री उपलब्ध गराइएको छ ।

उक्त अभियानमा विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेका छन्। सहयोग गर्ने महानुभावहरूको नामावली र सहयोग रकम यसप्रकार छ ।

सहयोगी महानुभावहरूको नामावली

१. रमेश कुमार रम्तेल (गोरे) — रु. ५,१००
२. प्रदीप खकुराल — रु. ५,०००
३. खिन घले — रु. ३,३००
४. राजन घले — रु. ३,३००
५. सुनिन अर्याल — रु. ३,३००
६. रामचन्द्र वाग्ले — रु. ३,३००
७. सन्तोष रम्तेल — रु. ३,३००
८. गोकुल रम्तेल — रु. १,६५०
९. अमृत वि.क. — रु. १,६५०
१०. मौनिक अधिकारी — रु. १,६५०
११. कृष्णप्रसाद ढकाल — रु. १,६५०
१२. असोक गोले — रु. १,६५०
१३. सम्सेर तामाङ — रु. १,६५०
१४. चन्द्र प्रकाश थापा — रु. १,७५०
१५. राधे श्याम श्रेष्ठ — रु. १,७५०
१६. दिल बहादुर उपरकोटी — रु. ५,०००
१७. सविन साप्कोटा — रु. ८,२५०
१८. गोकर्ण अर्याल — रु. ३,३००
१९. तेज बहादुर कुमाल — रु. ३,३००
२०. विजय विक — रु. ५,०००
२१. दिपक दियाली — रु. १,६५०
२२. कविराज कार्की — रु. ८३७
२३. दलबहादुर राई — रु. २३७
२४. राम दुतराज — रु. १०,०००
२५. किसान उपरकोटि — रु. ११,०००
२६. भुवन परियार (सुनौलाबाजार) — रु. ५,०००
२७. ओमनारायण श्रेष्ठ — रु. ५,०००
२८. सागर मगराती — रु. ५,०००
२९. सुरज बस्याल — रु. ३,३००

हरिभक्त मगरातीले विगत केही वर्षदेखि सालबास माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न यातायातको सुविधा उपलब्ध गराउँदै आएका छन् । हाल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका मगरातीले आफ्नो क्षेत्रका विद्यार्थीको शैक्षिक विकासका लागि सहयोग गर्दै आएका हुन् ।

विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने र परीक्षाका बेला यातायातको व्यवस्था गर्ने यस्ता सामाजिक पहलले विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।