गणित शिक्षा परिषद् धादिङद्वारा बाढीमा ज्यान गुमाएका शिक्षक सन्तोषको परिवारलाई सहयोग

Avatar photo
Dhadingpost
अशोज २४, २०८३

धादिङ । भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका गणित शिक्षक सन्तोष श्रेष्ठको परिवारलाई गणित शिक्षा परिषद् धादिङको पहलमा १५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

स्वर्गीय श्रेष्ठको परिवारलाई राहत पुर्‍याउने उद्देश्यले परिषद्को कार्यसमिति, पाठ्यपुस्तक लेखक तथा सहजकर्ता डी.आर. सिम्खडा र त्रिपुरा पुस्तक पसल धादिङका सञ्चालक नारायणकुमार श्रेष्ठले आर्थिक सहयोग गरेका हुन् ।

सहयोग रकममध्ये गणित शिक्षा परिषद् धादिङको कार्यसमितिबाट ५ हजार ५०० रुपैयाँ, डी.आर. सिम्खडाबाट ५ हजार रुपैयाँ र त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायणकुमार श्रेष्ठबाट ५ हजार रुपैयाँ प्रदान गरिएको छ।

परिषद्ले बाढीमा परी निधन भएका शिक्षक श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । दुःखको यस घडीमा प्रदान गरिएको सहयोगले परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

गणित शिक्षा परिषद् धादिङले स्वर्गीय श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको योगदान र स्मृतिप्रति सम्मानसमेत प्रकट गरेको छ ।