धादिङमा वाका कप सुरु, नगरकोटको विजयी सुरुवात

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २२, २०८०

धादिङ । प्रथमलाई २ लाख, द्वतियलाई १ लाख र सेमिफाईनलमा रोकिने दुई टिमलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने वाका १४ औं वाका कप तथा दोस्रो अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता नेत्रावती डवजोङको सेमजोङमा सुरुभएको छ ।

आज भएको उद्घाटन खेलमा माउण्ट एभरेष्ट युवा क्लव नगरकोटले धादिङको खनियाबास युवा क्लवलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । नगरकोटको जितका लागि जर्सी नम्बर ७७ का युवाराज तामाङले दुई गोल गरेका थिए । प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् ।

भोली चैत २३ गते हुने खेलहरु

  • बिहान १० बजे लालिगुराँस युवा क्लव vs केजे यसुवा क्लव किस्पाङ
  • दिनको १२ बजे ज्वालामुसखी युवा क्लव vs ताङ्चा माने युवा क्लव
  • दिनको २ बजे छायोईलिङ युवा क्लव सेल्ले vs लामिडाँडा युवा क्लव
  • बेलुका ४ बजे सुकेला छार युवा क्लव vs मैबल युवा क्लव

सेमजोङ किन जाने फुटबल हेर्न

पर्यटन र ऐतिहासक सम्पदाले सजिएको सेमजोङ स्थित वाका राहा सदरमुकामदेखि करिब ५ घण्टा पैदल र हिउँदमा कच्ची सडकबाट २ घण्टाको यात्रामा पुग्न सकिन्छ । प्रकृतिक सौन्दर्य मात्र होइन बौद्ध गुम्बाहरुको ध्यानकेन्द्र तथा परापूर्व कालका तामाङ वाइवाराजाहरुको दरवारको अवशेष पनि यँहाको अर्को मुख्य आकर्षण हो ।

त्यसैले सेम्जोङ ऐतिहासिक भौलिक तथा धार्मिक पर्यटनको दृस्टिबाट पनि यसको गौरव गरिमा महत्वपूर्ण मानिन्छ । प्रकृतिले वरदान स्वरुप दिईएको उपहार ऐतिहासिक वाका राहा पोखरी, १६ औं शताब्दीको डब्जोङ दरबार क्षेत्र संरक्षणका लागि स्थानीयहरुले अहिले अभियान नै चलाई रहेका छन् । वाका राहा, डापजोङ सिङ्ला लेक, अष्ट चैत्य, चिया बगान, पवित्र बौद्ध गुम्बाहरुको दर्शन भ्रमणले यहाँको मौलिकता एवं सार्थकता पृष्टि गर्दछ । यहाँबाट मनास्लु गणेश लगायतका हिमश्रृङ्खलाहरुको आकर्षण दृश्यावलोकन गर्न / गराउन सकिन्छ । करिब २१०० देखि २४०० मिटरको उचाइमा अवस्थित सेमजोङ प्राकृतिक भू-बनोटको आधारमा पनि रमणिय र दर्शनीय स्थल हो ।

गत संस्करणहरु

नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा छ । यसै वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले नियमित जिल्लाकै सर्वाधिक राशीको खुल्ला फुटबल प्रतियोगिता गर्दै आएको छ, भने धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रलाई पवित्र बौद्ध तिर्थ बनाउने अभियानमा स्थानीयहरुले काम गर्दै आएका छन् ।