पर्यटकिय गन्तव्य सेमजोङ ओझेलमा

Avatar photo
Dhadingpost
बिहिबार, साउन १७, २०७५

बेग वाइवा
धादिङ नेत्रावती साउन १७ ।
धादिङ जिल्लाको सदरमुकाम देखि उत्तरपूर्वमा पर्ने सेम्जोङ सुन्दर पहाडी बस्ती हो । जुन पूर्वको ईलाम जस्तै सुन्दर र मनमोहक छ ।

पर्यटनका हिसावले न हिजो जिल्ला र गाविसले प्रचारमा ल्याउन सक्यो न आज गाउँपालिकाले नै चासो दिएको देखिन्छ ।
पर्यटन र ऐतिहासक सम्पदाले सजिएको सेम्जोङ यात्राका क्रममा सदरमुकामदेखि करिब ५ घण्टा पैदल र हिउँदमा कच्ची सडकवाट २ घण्टाको सफरवाट पुग्न सकिन्छ ।

प्रकृतिक सौन्दर्य मात्र होइन बौद्ध गुम्बाहरुको ध्यानकेन्द्र तथा परापूर्व कालका तामाङ वाइवाराजाहरुको दरवारको अवशेष पनि यँहाको अर्को मुख्य आकर्षण हो ।

त्यसैले सेम्जोङ एेतिहासिक भौलिक तथा धार्मिक पर्यटनको दृस्टिबाट पनि यसको गौरव गरिमा महत्वपूर्ण मानिन्छ । प्रकृतिले वरदान स्वरुप दिईएको उपहार ऐतिहासिक वाकाह्रा पोखरीको, यसलाई के कसरी संरक्षण र सम्वर्धन गर्न सकिन्छ भन्ने उपायबारे बेलैमा सोच्न जरुरी बनेको छ ।

वाका राहा डापजोङ सिङ्ला लेक चिया बगान पवित्र बौद्ध गुम्बाहरुको दर्शन भ्रमणले यहाँको मौलिकता एवं सार्थकता पृष्टि गर्दछ ।
यहाँबाट मनास्लु गणेश लगायतका हिमश्रृङ्खलाहरुको आकर्षण दृश्यावलोकन गर्न गराउन सकिन्छ । करिब २१०० देखि २४०० मिटरको उचाइमा अवस्थित सेमजोङ प्राकृतिक भू-बनोटको आधारमा पनि रमणिय र दर्शनीय स्थल हो ।

नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे ढुप्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा परेको छ ।

अनियन्त्रित वनजंगल फडानी रोक्न नितान्त आवश्यक छ । खाली ठाँउ तथा डाँडाहरुमा वृक्षरोपण गर्न पनि सकिन्छ । साथै निश्चित चरण क्षेत्र र पोखरी वरपर सरसफाइ राख्न पनि विशेष ध्यान दिन आवश्यक छ ।

यसरी यस क्षेत्रलाई सदैब हरियाली र सुन्दर पर्यटकिय दृष्टिले मनै लोभ्याउने यो ठाउँकाका विषयमा जिल्लाका क्रियाशिल राजनीतिक दलहरु थप चिन्तित हुन जरुरी छ ।

धादिङपोष्टका लागि फोटो शुक्रराम तामाङ