एड्भान्स एकेडेमीको सैनिक कल्याणकारी कोषको छात्रवृत्ति आवेदन सम्बन्धी जरुरी सूचना ।

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३०, २०८०

बहालवाला तथा भूतपूर्व राष्ट्रसेवक सैनिक परिवार ।
धादिङ जिल्ला स्थायी ठेगानाभएका नेपाली सेनाका बहालवाला र भूतपूर्व सकलदर्जाका सैैनिकका छोराछोरीलाई कक्षा ४ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यापन गराउन Empaneled School को अवधारणा अन्तर्गत धादिङ जिल्लाबाट चालु शैक्षिक सत्र २०८१ का लागि यस एड्भान एकेडेमी र अन्य जुनसुकै विद्यालयबाट विभिन्न कक्षा उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थीहरुको भर्ना अभिलेखी करणको लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदनफारम लिई रितपूर्वक भरेर आवश्यक कागजात सहित २०८१ -०१-२५ गते शुक्रबार भित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
प्रावधानहरु:
1 यस वर्ष कक्षा ४,५,६, ७, ८, ९ र ११ को लागि आवेदनलिई लिखित र मौखिक परीक्षाको नतिजाको आधारमा तोकिएको निश्चित कोटा संख्यामा मात्र विद्यार्थी अभिलेखीकरण गरिनेछ ।

  1. आवेदनफारम एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट लिन र पेश गर्न सकिनेछ ।
    आवेदनका साथ पेश गर्नुपर्ने आवश्यककागजातहरु:
  2. विद्यार्थीको कक्षा ३,४,५, ६, ७, ८ र १० को वार्षिक परीक्षा उत्तीर्ण गरेको मार्कसिट÷ग्रेडसिटको प्रमाणित प्रतिलिपि २ प्रति
  3. विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि १ प्रति
  4. विद्यार्थीको पासपोर्ट साइजको फोटो १ प्रति
  5. बहालवाला सैनिकको हकमा परिचयपत्र १ प्रति
    5 भूतपूर्व सैनिकको हकमा पेन्सनपट्टाको प्रमाणित प्रतिलिपि १ प्रति
  6. सैनिक व्यक्ति स्वयं फारम भर्न यस विद्यालयमा उपस्थितहुन नसकेमा कार्यरत यूनिटबाटै फारम भरी हस्ताक्षर गरेर it.exam.advance@gmail.com मा इमेल गरी पठाउन सकिनेछ ।
    थप जानकारीका लागि Advance Academy 010520783
    श्री भिमबहादुर श्रेष्ठ ( प्रिन्सिपल)– ९८५११७०७८३