समाजमा सहकारीको महत्व विषयक वक्तृत्वकला सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ४, २०८१

धादिङ । हाइवे बचत तथा ऋण सहकारी संस्था गल्छी ६ ले समाजमा सहकारीको महत्व शीर्षकमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

जनजागृती मावि महादेवबेसीमा भएको उक्त प्रतियोगितामा केवलपुर हरिहर भोजकुमारी मावि थाक्रेकी छात्रा सुस्मिता घिमिरे प्रथम, द राइजिङ भिलेज ई स्कुल गल्छीमा अध्ययनरत छात्रा रोजिना खतिवडा द्वितिय, लाटीदेवी मावि थाक्रेबाट रिवानी तामाङ तृतिय र सेतीदेवी मावि थाक्रेबाट जया खतिवडा सान्तोना भएका छन् ।

गल्छी, थाक्रे र धुनीबेसी कार्य क्षेत्र भएको यस सहकारीले आयोजना गरेको यस प्रतियोगितामा कार्यक्षेत्र भित्र रहेका २८ वटा मावि मध्य १२ वटाले भाग लिएको सहकारीका शिक्षा उप समितिका उप संयोजक शिवराम पौडेलले धादिङपोष्टलाई बताए ।