हिजाे म प्रस्तुती दिन्थें र विद्यार्थीहरु हेर्थे सुन्थे, आज उनीहरु नै प्रस्तुती दिन्छन् म हेर्छु ,सुन्छु।
हिजाे म शैक्षिक सामाग्री बनाउंथें र उनीहरुलाई देखाउँथें तर आज उनीहरु आँफै शैक्षिक सामाग्री बनाऊँछन् र मलाइ देखाउँछन् ।
हिजाे म उनीहरुलाई प्रश्न गर्थें,आज उनीहरु साथी साथीमा प्रश्न गर्छन, मलाइ साक्षीप्रमाण पाे ठान्छन। हिजाे म मेराे पाराले उनीहरुकाे मुल्याङ्कन गर्थें ,आज उनीहरु उनीहरुकै कसीबाट उनीहरु र मेराे मुल्याङ्कन गर्छन् ।
समय बदलियाे, परिस्थिति बदलियाे, सिकारुका रुचि चाहाना र आवश्यकता बदलियाे, प्रीय विद्यार्थी भाईबैना अब म पनि बदलिने सुरसारमा छु
दीपेन्द्र रिजाल
नीलकण्ठ बालमन्दिरकाे कक्षाकाेठाबाट