न्यूयोर्कमा नेपाल डे परेड हुने, धादिङ समाज अमेरिका सह-आयोजक

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २, २०८१

न्यूयोर्क । यहि मे १९ मा न्यूयोर्क स्थित म्यानहाटनमा हुने नेपाल डे परेड २०२४ मा सहभागिताको लागि धादिङ नेपाली समाज अमेरिकाले अपिल गरेको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना र धादिङ नेपाली समाज अमेरिका पनि सह आयोजनामा हुने उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास न्यूयार्क र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका सँगको सहयोग तथा स्थानीय नेपाली सङ्घ/संस्थाहरूको सहकार्य रहने बताईएको छ ।

कार्यक्रम: नेपाल डे परेड २०२४
📅 मिति: मे १९, २०२४ (बिहान ११:०० बजे)
📍 स्थान: E 38th St & Madison Ave, New York, NY 10016

धादिङ नेपाली समाज अमेरिका अध्यक्ष र टंक बहादुर रुबाली र महासचिव राम मल्ल ठकुरीले विज्ञप्ती जारी गर्दै उक्त परेडमा आ-आफ्नो भेष भूषा तथा राष्ट्रिय पोसाकमा परिवार सहित उपस्थितिको लागी आव्हान गरेका छन् ।