
धादिङ । धादिङ समाज पोर्चुगलको प्रथम अधिवेशनबाट रामचन्द्र घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अक्टोबर १८ तारिख सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष तथा धादिङ समाज पोर्चुगलका संरक्षक रविन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको सभापतित्व समाजका अध्यक्ष कुमार घलानले गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव नवराज दुवाडीले गरेका थिए ।
अधिवेशनबाट नवगठित कार्य समितिको रमेश सुनार उपाध्यक्ष, शम्भु सुनार महासचिव, पुस्तक रेग्मी सचिव र विजय बुढाथोकी कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सन्तोष तामाङ, सुजन कुँवर, मन्दिरा कोइराला, राम ईश्वर थापा मगर, सुरेन्द्र पाठक, अकलबहादुर थापा मगर, राजु भट्ट, सरोज बुढाथोकी, शम्भु प्रसाद उप्रेती, विष्णु गिरी, विनोद सापकोटा, राजन सिटौला र सानुबाबु तिमल्सिना चयन भएका छन् ।
अधिवेशनको बन्दसत्रमा महासचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो । निर्वाचन संयोजक वीरेन्द्र गुरुङको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नयाँ कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै संस्थाको विकासमा योगदान पुर्याउने निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिए । समाजको हित र विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको पनि उनले बताए ।





















