धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीबाट २०६८ सालमा एसएससी उतिर्ण गर्दै मेडिकल डाक्टर बन्न सफल मुस्काल पोखरले यतिबेला कविता मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।
“द पोएट आइडल”को दोस्रो सिजनको अन्तिम चरणमा चाज प्रतिस्पर्धी छन् जस मध्य एक हुन् डा. मुस्कान पोखरले अबको जित निर्धारण भोटिङले गर्ने र विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छ । मुस्कान धादिङको गौरव हो । देश तथा विदेशमा रहेका धादिङवासीहरुले भोटिङ मार्फत मुस्कानलाई जिताउन सहयोगीको भूमिका खेल्नु पर्ने पोर्चुगलबाट गोविन्द बुढाथोकी बताउँछन् ।
पूरापुरी तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ । मुस्कान सँग रहेका अन्य तीन प्रतिस्पर्धीहरुमा विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।
मुस्कान पोखरेललाई भोट गर्न
आफ्नो मोबाईलमा OSR connect एप डाउनलोड गर्ने, त्यसपछि The Poet Idol क्लिक गर्ने त्यसपछि मुस्काल पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ-सेवाबाट पनि भोट गर्न सकिन्छ ।
हिमालय टेलिभिजन र OSR Reality युट्युब च्यानलमार्फत शनिबार राति ८ बजेदेखि प्रत्यक्ष प्रसारण हेर्न सकिने पोएट आइडल टिमले जानकारी गराएको छ । सोही दिन साँझ ७ बजेसम्म भोटिङ लाइन खुल्ला रहने जनाइएको छ ।