खुल्ला कविता प्रतियोगिता सम्बन्धी सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १८, २०८०

मितिः २०८०।११।१८
“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने मूल नाराका साथ मनाउन लागिएको ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यस बेनीघाट रोराङ गाउँपालिकाद्वारा खुल्ला कविता प्रतियोगिता तपसिलको मिति, समय र स्थानमा आयोजना गर्न लागिएको हुँदा उक्त प्रतियोगितामा भाग लिन इच्छुक (सर्वसाधारण, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु लगायत) जो सुकैले बेनीघाट रोराङ गाउँपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा मिति २०८०।११।२२ गते भित्र सम्पर्क गरी सहभागी सूचीमा आफ्नो नाम दर्ता गराउनुहुन सम्बन्धित सबैको लागि यसै सूचनाद्वारा जानकारी गराइन्छ।
तपसिल:
मितिः २०८०।११।२४ गते विहिबार
समयः बिहान १०:०० बजे
स्थानः बेनीघाट रोराङ गाउँपालिका, गाउँ कार्यपालिका कार्यालयको प्राङ्गण ।
थप जानकारीको लागिः मणिराज गुरुङ (९८५१२२२११७) पूजा खनाल (९८४३५२१८५२)
नोटः उत्कृष्ट पाँच (प्रथम, द्वितीय, तृतीय र सान्तवना दुई सहित) कवितालाई पुरस्कृत गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत
नर्बदा घिमिरे
बेनीघाट रोराङ गाउँपालि