बेनीघाट रोराङको डढेलो नियन्त्रण सम्बन्धी सूचना

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ८, २०८०

हिंउद तथा गर्मी यामको सुख्खा मौसममा वन जंगलमा डढेलो लाग्ने संभावना भएकोले हामी सबै सचेत होऔं । हाम्रो सानो लापर्वाहीले आगोको सानो झिल्कोले वन डढेलोको ठूलो रुप लिन सक्दछ जसबाट जन धनको ठूलो क्षती भई विपत्ति निम्तिन सक्दछ । त्यसैले वन डढेलोबाट वच्न निम्न तरिकाहरु अपनाऔं ।
१. वस्ती तथा वन जंगलको छेउ खुल्ला ठाउँमा आगो नबालौं ।
२. चुरोट, विडी खाएर आगो सहितको ठुटा जहाँतही नफालौं । निभाएर मात्र फालौं ।
३. वालबालिकाहरुको पहुँचबाट सलाई लाईटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरु टाढा र सुरक्षित स्थानमा राखौं । जंगल जाँदा उक्त सामाग्रीहरु सके सम्म नलैजाऔं ।
४. पेट्रोल, डिजल, खाना पकाउने ग्याँस, मट्टितेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित स्थानमा राखौं र होसियारी पुर्वक प्रयोग गरौं ।
५. वन भोज जाँदा सके सम्म वन जंगल भन्दा वाहिर जाने गरौं । वनभोज सकिए पछि आगो राम्ररी निभाऔं ।
६. वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्नि रेखा निर्माण गरौं । अग्नि रेखा निर्माण गर्दा संकलित पतिङ्गर तथा सोत्तर नियन्त्रित/सुरक्षित तवरले जलाऔं ।
७. खेतवारीमा आगो बाल्दा होसियारी पुर्वक बालौं । बाली सके पछि राम्ररी निभाऔं ।
८. नजिकको वन क्षेत्रमा आगलागी भएमा आफ्नो जिउज्यानमा खतरा नहुने गरी आगो निभाउन सहयोग गरी आफनो कर्तव्य निभाऔं । मद्दतको लागि स्थानीय प्रशासन, प्रहरी, नेपाली सेना तथा नजिकको वन कार्यालयमा तुरुन्त खवर गरौं ।
९. पानीका मुहान, पोखरी, दहको सुरक्षा गरौं । आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राख्ने गरौं ।
१०. आगो निभाउदा पानी, माटो र स्याउलाको प्रयोग गरौं ।
११. वन जंगल तपाई हामी सबैैको साझा सम्पति हो, त्यसैले गाउँ टोलमा आगलागी तथा वन डढेलोको रोकथामबारे कुरा गरौं, विपद्बाट बचौं र बचाऔं ।
१२. वनमा आगो लगाउनु दण्डनीय अपराध हो । डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याई कारबाही गर्न सहयोग गरौं ।
१३ सकेसम्म वनमा डढलो लाग्नै नदिऔं, कथम कदाचित लागि हालेमा सबैै मिलि तुरुन्त निभाऔं, आफू बच्न वनलाई बचाऔं ।

जनहितका लागि सन्देश
बेनीघाट रोराङ गाउँपालिका धादिङ