त्रिपुरासुन्दरी गाउँपालिकाको ३५ दिने सार्वजनिक सूचना

Avatar photo
Dhadingpost
आइतवार, पुस २२, २०८०

यस गाउँपालिकाको निर्णय तथा आ.व २०८०|०८१ को वार्षिक स्वीकृत योजना/कार्यक्रम अनुसार यस गाउँपालिका अन्तर्गत सिक्टार-आगिन्चोक –बेलुङ-सुकभन्ज्याङ सडक खण्डको विस्तार तथा स्तारोउन्नति गर्ने कार्य हुने भएको र दुई वा दुई भन्दा बढी स्थानीय तह जोडने सामरिक महत्वको रुपमा रहेको जिल्ला स्तरीय सडकको मापदण्ड सडकको केन्द्र देखि दायाँ र बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने घरटहरा तथा अन्य संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाउनुहुन सम्बन्धित घर तथा जग्गाधनिहरुमा अनुरोध छ । तोकिएको समयमा त्यस्ता किसिमका संरचना हटाउन अटेरी गर्ने घर तथा जग्गाधनिहरुलाई स्थानीय सरकार संचालन ऐन २०७४ र प्रचलित कानून बमोजिम हुने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ |

नेत्रमणि न्यौपान
प्रमुख प्रशासकीय अधिकृत