सल्यानटारमा कृषि हाट बजार उद्घाटन

Avatar photo
सन्जु श्रेष्ठ
बुधबार, चैत्र २८, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजना तथा कृषि सहकारीको सहकार्यमा वडा न. १ खोल्सी चोक सल्यानटारमा बिधीवत रुपमा कृषि हाट बजार उद्घाटन गरिएकोछ । उक्त कार्यक्रममा किसानहरुले विभिन्न कृषि उपजहरुको प्रदशनी तथा बिक्री गरिएको गरेका थिए । प्रत्येक शनिबारबाट सप्ताहिक रूपमा उक्त हाटबजार सन्चालन गरिने त्रिपुरासुन्दरी कृषि हाटबजार तथा बजारीकरण केन्द्रका अध्यक्ष फणिकान्त छत्कुलिले जनाउनु जनाए । अध्यक्ष राजु उप्रेतीले अब उत्पादनको आधारमा कृषि अनुदान दिने निणय गरिएको बताएका छन् ।

उक्त उद्घाटन समारोहमा त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेती उपाध्यक्ष देवराज धरेल, प्रबक्ता तथा वडा न ५ का अध्यक्ष कुश बहादुर सिटौला, अध्यक्षहरु कमल बहादुर थापा, कपिल सिम्खडा, हरि बहादुर बि क, सुवास अधिकारी, पुर्व उपाध्यक्ष देबि बुर्लाकोटि, एमाले नेता उमेश थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको साथमा त्रिपुरासुन्दरी गाउपालिका वडा न ५ मा सन्चालन गरिएको पन्चेबाजा तालिममा सहभागी महिलाहरुले बनाएको बाजाले थप उल्लास छाएको थियो ।