धादिङका सुदिप, भारी मतका साथ विजयी

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २५, २०८०

धादिङ । कांग्रेस-माओवादी र मधेशवादी दल निकटको प्यानलबाट नेपाल वन प्राविधिक संघको निर्वाचनमा होमिएका धादिङका सुदिप छत्कुली भारी मतका साथ सचिव पदमा निर्वाचित भएका छन् ।

सातै प्रदेश र काठमाडौं उपत्यका गरी आठ स्थानमा भएको मतदानमा सुदिपले कोशीबाट ११२ मत, मधेशबाट १२९ मत, बागमतीबाट १५८ मत, गण्डकीबाट ९५, लुम्बिनीबाट ८१ मत, कर्णालीबाट ७२ मत, सुदुरपश्चिमबाट १०१ मत, केन्द्रबाट ५१७ मत गरी १ हजार २६५ मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी शैलेन्द्र घिमिरेले ८६५ मत मात्रै ल्याएका छन् ।

धादिङका सुदिप छत्कुली
२०४४ असोज २२ जन्मिएका छत्कुली २०६९ मा लोकसेवाबाट नेपाल वन सेवा अन्तर्गत २/२ ठाउँबाट अधिकृतमा निकाली नेपाली वन सेवा जनरल फरेष्ट्री तर्फको अधिकृतको रूपमा सेवा प्रवेस गरेका क्षेमतावान व्यक्ति हुन् । धादिङ जिल्ला वन कार्यालयमा २०७१ देखि २०७३ सम्म २ वर्ष वन अधिकृतको काम गरेका उनले वन विज्ञानमा स्नातकोत्तर, जन प्रशासनमा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर पुरा गर्दै २०७८ सालमा लोकसेवा मार्फत वन सेवा अन्तर्गत खुल्ला प्रतिस्पर्धा मार्फत उपसचिवमा कार्यरत छन् ।

मत पणिाम